प्रहरी महानिरीक्षक थापा क्षेत्रीको बिदाइ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रहरी महानिरीक्षक थापा क्षेत्रीको बिदाइ


१८ बैशाख २०७९, आइतबार


काठमाडौँ । तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक तथा प्रहरी वरिष्ठ उपरीक्षकलाई आज प्रहरी प्रधान कार्यालयले बिदाइ गरेको छ ।

थापा क्षेत्रीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कार्की, हरिबहादुर पाल र नीरजबहादुर शाहीसहित, १२ प्रहरी नायब महानिरीक्षक तथा तीन प्रहरी वरिष्ठ उपरीक्षकको बिदाइ गरिएको छ ।

समारोहमा थापा क्षेत्रीले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्य एवं प्रहरी सङ्गठनमा हाल सञ्चालनमा रहेका महत्त्वपूर्ण कार्य समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गरेका छन् ।

उक्त अवसरमा आजै मन्त्रिपरिषद्को बैठकबाट प्रहरी महानिरीक्षकमा पदोन्नति भएका सिंहले सेवा निवृत्त हुन लागेका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र सङ्गठनप्रति पु¥याएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस