प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता , संसद्को बजेट अधिवेशनबारे छलफल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता , संसद्को बजेट अधिवेशनबारे छलफल


१८ बैशाख २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसद्को बजेट अधिवेशनबारे छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच आज (आइतबार) भेटवार्ता भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बालुवाटारमा भएको भेटबारे भने, उहाँहरूबीच बालुवाटारमा आज दिउँसो भएको भेट सङ्घीय संसद् प्रतिनिधिसभाको वर्षे अधिवेशन (बजेट अधिवेशन) आह्वान, आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम लगायतका विषयमा केन्द्रित रहेको थियो ।

सङ्घीय संसद्को बजेट अधिवेशन स्थानीय तह निर्वाचनले गर्दा पछाडि धकेलिएको छ । सामान्यतया बजेट अधिवेशन वैशाखको तेस्रो साता आह्वान हुनुपर्नेमा यस वर्ष स्थानीय तह निर्वाचनका कारण जेठ पहिलो साता मात्रै बस्ने तयारी भएको सङ्घीय संसद् सचिवालयका अधिकारीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस