बलेवा । बागलुङको निसीखोलाको भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
निसीखोला गाउँपालिका–४ का ५१ वर्षीय डिलमणि थापाको आज भिरबाट लडेर मृत्यु भएको हो ।
घरायसी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर टाढाको जङ्गलमा पुगेका थापा बाँस लिएर फर्किने क्रममा भिरबाट लडेका थिए ।
उनलाई तत्काल उद्धार गरेर स्थानीय नवजीवन मेडिकल हलमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए।
थापाको टाउकामा गहिरो चोट लागेको थियो । उनको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याइएको छ । थापा गोरेटो बाटोदेखि दुई सय मिटर तल खस्नुभएको थियो ।