महानगरको मतपत्रमा सात वटै चुनाव चिन्ह रहने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महानगरको मतपत्रमा सात वटै चुनाव चिन्ह रहने


१८ बैशाख २०७९, आइतबार


काठमाडौँ । स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मतपत्रमा राजनीतिक दलले एउटा पदमा उम्मेदवारी दिए पनि सात वटैमा चुनाव चिह्न रहने भएको छ ।

निर्वाचन आयोगले ६ वटा महानगरपालिका र भक्तपुरका ४ नगरपालिकामा मतपत्र छपाइ सुरु गरेको छ ।

सुरुमा उम्मेदवारी दिएको पत्रमा मात्र दलको चुनाव चिन्ह रहने भनिएको थियो । यसो गर्दा गठबन्धन गरेका दलहरूले लाभ लिन सक्ने थिए ।

तर आयोगले कुनै दलले स्थानीय तहका प्रमुखदेखि वडा सदस्यसम्मका ७ पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिए पनि मतपत्रमा दलको लहरमा सात वटै चुनाव चिह्न रहने बताएको छ ।

मतपत्रमा पालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई वडा सदस्यको गरी हरेक दलको सात वटा चुनाव चिह्न एउटै लहरमा राखिएको हुन्छ ।

यीमध्ये कुनै एउटा पदमा उम्मेदवारी दिए पनि उक्त दलको सात वटै चुनाव चिह्न रहने आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस