कर्णालीका सबै जिल्लामा पुग्यो निर्वाचन सामग्री « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्णालीका सबै जिल्लामा पुग्यो निर्वाचन सामग्री


१८ बैशाख २०७९, आइतबार


कर्णाली । कर्णालीका १० वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री ढुवानी गरिएको छ ।

यहाँका हुम्ला, डोल्पा र मुगुमा नेपाली सेनाको हेलिकोप्टर तथा बाँकी जिल्लामा गाडीमार्फत पठाइएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

निर्वाचन आयोगले कर्णालीमा करिब ११ लाख मतपत्र पठाएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी निर्मला देवकोटाले मतपत्र लगायतका सामग्री जिल्ला निर्वाचन कार्यालयमा पठाइएको र सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको जानकारी दिइन् ।

जिल्ला निर्वाचन कार्यालयले नै स्थानीय तहसम्म सामग्री ढुवानीको व्यवस्थापन मिलाउनुपर्नेछ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार मतपत्रका साथै ५८ वटा निर्वाचन सामग्री पठाइएको छ । पन्ध्र वटा जिल्लालाई खरिद गर्ने जिम्मेवारी दिएको र बाँकी आयोगले नै पठाएको हो ।

ती सामग्रीमा स्वस्तिक छाप, मसी, मतपेटिका, मतदाता नामावली, टेप, थैली, लाहाछाप, प्राथमिक उपचार किट, कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य सामग्रीलगायत छन् । कर्णाली प्रदेशमा १० लाख एक हजार २८२ मतदाता छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस