कोइरालाले गरे आइजिपी नियुक्तिको विरोध « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोइरालाले गरे आइजिपी नियुक्तिको विरोध


१८ बैशाख २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले प्रहरी महानिरीक्षक नियुक्तिको विरोध गरेका छन् ।

वरियता र प्रक्रिया मिचेर आइजिपी नियुक्त गरिएको भन्दै उनले भनेका छन्, ‘सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिङ्गो प्रहरी सङ्गठनलाई फेरि एक पटक विवादमा ल्याएको छ ।’

मन्त्रिपरिषद्को आज आइतबार बसेको बैठकले धिरजप्रताप सिंहलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार : धिरजप्रताप सिंह आईजीपी नियुक्त

Tags :
प्रतिक्रिया दिनुहोस