गुप्तचर एआइजी नियुक्तिमा नजरअन्दाज किन ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गुप्तचर एआइजी नियुक्तिमा नजरअन्दाज किन ?


१८ बैशाख २०७९, आइतबार


Rastiya anusandhan bivag_raabiराष्ट्रिय अनुसन्धान विभाग

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक(एआईजी) पद रिक्त भएको हप्तौँ भइसक्दासमेत नियुक्ति गर्ने कुनै सुरसार देखिँदैन ।

अन्य सुरक्षा निकायहरूमा अवकाश नहुँदै नियुक्तिका लागि दौडधुप चलिरहँदा नेपालको मुख्य गुप्तचर निकायमा रहेका एक मात्र अतिरिक्त मुख्य अनुसन्धान निर्देशक नियुक्ति प्रक्रिया अघि नबढ्दा दैनिक कामकारबाहीमा नै असर परेको गुप्तचर स्रोत बताउँछ ।

नजिकिँदो चुनावमा गुप्तचर जस्तो संवेदनशील निकायमा दोस्रो व्यक्ति नै नहुनुले पनि सूचना संयन्त्रमा राज्य कसरी चुकिरहेको छ भन्ने प्रस्ट हुने ती स्रोतको भनाई छ ।

चुनाव नजिकिँदो छ, एउटा मात्रै पद रहेको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक नियुक्ति प्रक्रिया अघि बढाइएको छैन, ती स्रोतले भने, चुनावको मुखमा जानकारी सङ्कलनदेखि प्रशासनिक कार्यमै असर पर्दासमेत सरकारले नियुक्ति अघि बढाएको देखिँदैन ।

अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यादव प्रसाद रेग्मी वैशाख १० गते अनिवार्य अवकाशमा गएसँगै अहिले सो पद रिक्त छ । जसका लागि अनुसन्धान निर्देशक(डिआइजी)हरू हुत्तराज थापा, कुलदेव थापा, हरिहर पौडेल, ओम जोशी र सुनिल ढकाल प्रतिस्पर्धी रहेका छन् ।

अहिले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक नियुक्त हुने व्यक्ति भदौपछि मुख्य अनुसन्धान निर्देशक(आइजिपी) हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस