महिलाहरूलाई कार्यस्थलमा सुरक्षित वातावरण बनाउनेछौँ, महिनावारीमा बिदा दिलाउँछौँ : डङ्गोल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महिलाहरूलाई कार्यस्थलमा सुरक्षित वातावरण बनाउनेछौँ, महिनावारीमा बिदा दिलाउँछौँ : डङ्गोल


१८ बैशाख २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा नेकपा एमालेकी उपमेयर उम्मेदवार सुनिता डङ्गोलले आफूले जितेको खण्डमा श्रमिक महिलाहरूलाई कार्यस्थलमा सुरक्षित तरिकाले काम गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले महिला र पुरुषबीच ज्यालामा हुने विभेद हटाउने समेत बताइन् ।

श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै डङ्गोलले महिनावारी भएका बेला महिलाहरूलाई कार्यालयमा बिदा दिलाउनका लागि पहल गर्ने पनि वाचा समेत गरिन् ।

उनले भनिन्, ‘महिनावारीको पीडा महिलाले बाहेक पुरुषले राम्रोसँग बुझ्दैनन् । महिनावारीमा बिदा दिनका लागि हामी नीति/कार्यक्रम अघि सार्नेछौँ । साथै कार्यस्थलमा महिलाहरु सुरक्षित महसुस गर्नुपर्छ । त्यसका लागि वातावरण बनाउने छौँ ।’

उनले युवाको आवाज बुझेर एमालेले आफूलाई उपमेयरको उम्मेदवार बनाएको बताइन् । फेरि एमालेका अध्यक्ष देशको प्रधानमन्त्री बन्नुपर्ने बताइन् ।

डङ्गोलले कार्यक्रममा साङ्केतिक भाषामा समेत आफ्ना कुरा राखेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस