गठबन्धन पालना नगर्ने कार्यकर्तालाई सम्बन्धित दलले कारबाही गर्ने निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गठबन्धन पालना नगर्ने कार्यकर्तालाई सम्बन्धित दलले कारबाही गर्ने निर्णय


१८ बैशाख २०७९, आइतबार


काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले समझदारीअनुसार उम्मेदवारी फिर्ता नभएको र फिर्ता लिन समय नपुगेको ठाउँमा पनि समझदारीकै भावनाअनुसार अघि बढ्ने निर्णय गरेका छन् ।

आज बिहान बसेको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो ।

निर्णयमा भनिएको छ, ‘पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरूप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरूमा समझदारी अनुरूप कार्य गर्न र गराउन आ-आफ्ना दलले आ-आफ्ना मातहतका निकायहरूलाई निर्देश गर्ने ।’

साथै गठबन्धनको मर्म र भावना अनुरूप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने पनि निर्णय भएको छ ।

गठबन्धनले सहमति पालना नगर्ने कार्यकर्तालाई सम्बन्धित दलले कारबाही गर्ने निर्णयसमेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस