आइजिपीमा सहमति हुन नसक्दा ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद् अझै बस्न सकेन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आइजिपीमा सहमति हुन नसक्दा ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद् अझै बस्न सकेन


१८ बैशाख २०७९, आइतबार


काठमाडौँ । ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अझै बस्न सकेको छैन ।

नेपाल प्रहरीको प्रहरी महानिरीक्षक(आइजिपी) नियुक्ति मुख्य एजेन्डा रहेको बैठकमा कसलाई बनाउने भन्ने सहमति हुन नसकेपछि ढिलाइ भएको एक मन्त्रीले प्रशासनलाई बताए ।

सम्बन्धित समाचार : मन्त्रिपरिषद् बैठक बस्दै, आइजिपी नियुक्त गर्ने तयारी

बैठकमा सहभागी हुन सबै मन्त्रीहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगिसकेका छन् ।

बैठक बस्नै लाग्दा आइजिपीका दावेदारहरुमध्ये सम्भावित दुई एआइजीहरूको दौडधुप बढेको छ । शक्तिकेन्द्रदेखि सिंहदरवारमा ओहोरदोहोर बाक्लिएको छ । एआइजी विश्वराज पोखरेल, धीरजप्रताप सिंह,सहकुल थापा र रवीन्द्र धानुक आइजिपीको दौडमा छन् ।

प्रहरी प्रमुख नियुक्तिमा चलखेल कुनै नौलो भने होइन । यसअघिका धेरै आइजिपी नियुक्तिहरू हेर्ने हो भने अन्तिम प्रहरमा उथलपुथल भएका छन् । अझ अदालतसम्मै गएका घटनाले पनि यो छताछुल्ल छ । आइजिपी मात्रै होइन, एसपीदेखि नै सुरु हुने खेल आइजिपीसम्म पुग्दा चरमचुली पुग्ने गर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस