एमाले अध्यक्ष ओली आज हेटौँडा जाँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमाले अध्यक्ष ओली आज हेटौँडा जाँदै


१८ बैशाख २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हेटौँडा जाँदै छन् । एमाले मकवानपुरले हेटौँडामा आयोजना गर्न लागेको आमसभालाई सम्बोधन गर्न ओली हेटौँडा जान लागेका हुन् ।

स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ओलीले सम्बोधन गर्नेछन् । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेता, कार्यकर्तासहित ४० हजार भन्दा बढीको सहभागिता रहने दाबी गरिएको छ ।

आमसभाको सम्पूर्ण तयारी सकिएको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । हेटौँडा उपमहानगरपालिकाका विभिन्न चार वटा नाकाबाट पैदल र्‍याली गरी हुप्राचौरमा आमसभा गरिने श्रेष्ठले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस