संसद् बैठकमा अश्लील भिडिओ हेर्ने बेलायती सांसदले दिए राजीनामा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संसद् बैठकमा अश्लील भिडिओ हेर्ने बेलायती सांसदले दिए राजीनामा


१८ बैशाख २०७९, आइतबार


काठमाडौँ । बेलायतमा एक जना सांसदले संसद् बैठकमै दुई पटक अश्लील भिडिओ हेरेको खुलेको छ।

प्रधानमन्त्री बोरिस् जोन्सनको कन्जरभेटिभ पार्टीका नेइल प्यारिसले उक्त कुरा स्विकार्दै पदबाट राजीनामा दिएको समाचार संस्था रोयटर्सले जनाएको छ।

यसअघि एक जना बेलायती महिला मन्त्री संसद् बैठक चलिरहँदा छेउमा बसेका पुरुष सांसदले अश्लील भिडिओ हेरिरहेको आफूले देखेको बताएकी थिइन्। सञ्चारमाध्यममा घटना बाहिर आएपछि प्रधानमन्त्री जोन्सनले प्यारिसलाई निलम्बन गरेका थिए।

उनले शनिवार राजीनामा दिएका हुन्। प्यारिसले पहिलो पटक ट्याक्टरको भिडिओ हेर्न खोज्दा झुक्किएर अश्लील भिडिओ आएको भए पनि दोस्रो पटक भने आफूले त्यस्तै भिडिओ हेर्न चाहेको बताएका छन्।

उनले आफूले जे गरे पनि गल्ती गरेको उल्लेख गर्दै त्यो पागलपन भएको बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस