अधिकृतबाट राजनीतिमा आएका कञ्चनराजको चुनाव चिन्ह ‘पुतली’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अधिकृतबाट राजनीतिमा आएका कञ्चनराजको चुनाव चिन्ह ‘पुतली’


१७ बैशाख २०७९, शनिबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा २२ औँ प्रयासमा अधिकृतमा नाम निकालेर जागिर छोडेका कञ्चनराज गिरीले चुनाव चिन्ह पुतली पाएका छन् ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनले काभ्रेको बनेपा नगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

आयोगले शनिवार स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह वितरण गर्दा गिरीलाई ‘पुतली’ चुनाव चिह्न दिएको हो ।

उनी नेपाल विद्युत् प्राधिकरणको सबैभन्दा ठुलो जलविद्युत केन्द्र काली गण्डकी ‘ए’को प्रशासन प्रमुखको रूपमा कार्यरत थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस