अब चुनाव लड्दिनँ : कृष्णबहादुर थापा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अब चुनाव लड्दिनँ : कृष्णबहादुर थापा


१७ बैशाख २०७९, शनिबार


पोखरा । नेकपा एमालेबाट पोखरा महानगरपालिका प्रमुखका उम्मेदवार कृष्णबहादुर थापाले अर्को चुनाव नलड्ने घोषणा गरेका छन् ।

प्रदेश सांसदबाट राजीनामा दिएर मेयरको उम्मेदवार बनेका उनले पार्टीमा अर्को पुस्ता तयार भइसकेको र चुनावमा प्रतिस्पर्धा गर्न सजिलो नभएको भन्दै अर्को पटक उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

शनिवार पोखरा महानगरपालिकाको घोषणापत्र सार्वजनिक कार्यक्रममा थापाले भने, ‘पार्टीमा चुनाव लड्न महाभारत छ । स्वाभाविक रूपमा अर्को पुस्ता पनि अब करिब करिब पार्टीले तयार पारिसकेको अवस्था छ । म आज आदरणीय नेतालाई साक्षी राखेर अर्को पटक चुनाव नलड्ने घोषणा गर्दछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस