७६ जिल्लाको एक करोड ८० लाख बढी मतपत्र छपाइ सकियो, धमाधम ढुवानी हुँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

७६ जिल्लाको एक करोड ८० लाख बढी मतपत्र छपाइ सकियो, धमाधम ढुवानी हुँदै


१७ बैशाख २०७९, शनिबार


काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ७६ जिल्लाको मतपत्र छपाइ सकेको जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रले यी जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ सकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार ढुवानीको काम धमाधम भइरहेको छ । मनाङ र मुस्ताङमा भने हेलिकोप्टरमार्फत ढुवानी गरिएको शर्माले बताए । उनका अनुसार अब भक्तपुरको मात्र मतपत्र छपाइ सक्न बाँकी छ ।

आयोगले काठमाडौँदेखि लामो दूरी रहेको जिल्लामा छिटो मतपत्र पठाउन थालेको हो । निर्वाचन आउन १३ दिन बाँकी रहँदा आयोगले मतपत्र छपाइ, ढुवानीसँगै अन्य निर्वाचनसम्बन्धी कामलाई तीव्रता दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस