अफगानिस्तानमा बम विस्फोट : १० जनाको ज्यान गयो, १५ जना घाइते « प्रशासन
Logo १८ आश्विन २०७९, मंगलबार
   

अफगानिस्तानमा बम विस्फोट : १० जनाको ज्यान गयो, १५ जना घाइते


१७ बैशाख २०७९, शनिबार


काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ ।

काबुलको सुन्नी मस्जिदमा शुक्रवार साँझ भएको विस्फोट हुँदा १० जनाको ज्यान गएको छ ।

१५ जना घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तालिबानले सत्ता कब्जा गरेपछि केही शान्त बनेको अफगानिस्तानमा पछिल्लो समय बम विस्फोटका घटना बढ्न थालेका छन् । गएको शुक्रवार पनि विभिन्न ठाउँमा बम आक्रमण भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस