वैशाख २३ गतेदेखि आन्तरिक विमानस्थलमा रात्रिकालीन उडान सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वैशाख २३ गतेदेखि आन्तरिक विमानस्थलमा रात्रिकालीन उडान सुरु


१६ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । सरकारले आन्तरिक विमानस्थलहरूमा शुक्रवारबाट अनिवार्य हुने भनिएको रात्रिकालीन उडानको तालिका पर धकेलेको छ ।

वायुसेवा कम्पनीहरूले बाध्यकारी नियम नमान्ने र शुक्रवारबाट उडान रोक्ने चेतावनी दिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण केही समय रात्रिकालीन उडानको समय पर सार्न सहमत भएको हो ।

वायुसेवा सञ्चालक सङ्घका अनुसार कम्पनीहरूको चेतावनीपछि शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, पर्यटन सचिव महेश्वर न्यौपाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा सञ्चालकहरूबिच छलफल भएको थियो ।

छलफलबाट रात्रिकालीन उडान सञ्चालन गर्न एक कार्यदल गठन गर्ने सहमति भएको छ । यो कार्यदलले २१ वैशाखमा प्रतिवेदन दिने भएको छ । सो प्रतिवेदनका आधारमा नयाँ स्लट तोकिने र २३ वैशाखबाट रात्रिकालीन उडान गर्न कम्पनीहरू सहमत भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस