तत्काल एन्फा कार्यसमिति बैठक बोलाउन माग « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

तत्काल एन्फा कार्यसमिति बैठक बोलाउन माग


१६ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का तीन उपाध्यक्ष र एक सदस्यसहित चार जनाले तत्काल कार्यसमिति बैठक बोलाउन माग गरेका छन् ।

राष्ट्रिय फुटबल टिमका खेलाडी र मुख्य प्रशिक्षकबिच उत्पन्न विवाद अत्यन्त संवेदनशील विषय भएको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङ, उपाध्यक्ष द्वय कृष्णबहादुर थापा, वीरबहादुर खड्कासहित केन्द्रीय सदस्य दावा लामाले बैठक माग गरेका हुन् ।

खेलाडी र प्रशिक्षकको विवाद अत्यन्त संवेदनशील विषय भएको भन्दै उनीहरूले तत्काल बैठक बसेर निर्णय गर्नुपर्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस