जिम्बाब्बेविरुद्ध एक दिवसीय खेल्ने नेपाली टिमको घोषणा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जिम्बाब्बेविरुद्ध एक दिवसीय खेल्ने नेपाली टिमको घोषणा


१६ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले जिम्बाब्बेविरुद्धको एक दिवसीय शृङ्खलाका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ जनाको टोली घोषणा गरेको छ ।

यसअघि क्यानले एक दिवसीय र टी–२० शृङ्खलाका लागि २३ जनाको नाम घोषणा गरेको थियो । त्यसैबाट एक दिवसीय टोलीका लागि १६ जनालाई चयन गरेको हो । टिममा सुनिल धमलाले कम ब्याक गरेका छन् ।

१६ जनाको नेपाली टोलीमा आशिफ सेख, देव खनाल, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, आरिफ सेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, बिक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशन भारी, र आदिल अन्सारी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस