बागलुङ नगरपालिकामा एमाले र राप्रपाबिच तालमेलको सहमति « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बागलुङ नगरपालिकामा एमाले र राप्रपाबिच तालमेलको सहमति


१६ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकामा नेकपा एमाले र राप्रपाबिच चुनावी तालमेलको सहमति भएको छ ।

बागलुङ नगरपालिकाको मेयर नेकपा एमाले र उपमेयर राप्रपाले लिने गरी सहमति भएको हो । अब एमाले उम्मेदवार जनक पौडेललाई राप्रपाले र राप्रपाका उपमेयरका उम्मेदवार सञ्जय खड्कालाई एमालेले समर्थन गरेका छन् ।

यो सहमतिपछि बागलुङको मेयरमा राप्रपा उम्मेदवार सञ्जु नेपाली र उपमेयरमा एमाले उम्मेदवार पवित्रा रोकाले मनोनयन फिर्ता लिने सहमति भएको दुवै दलका नेताहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस