धनुषाका मालपोत अधिकृतविरुद्ध ५ लाखको भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

धनुषाका मालपोत अधिकृतविरुद्ध ५ लाखको भ्रष्टाचार मुद्दा


१६ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धनुषामा कार्यरत निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) सुनिल कुमार झाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भन्दै सेवाग्राहीसँग घुससहित भ्रष्टाचार गरेको आरोपमा सुनिलकुमार झाविरुद्ध अख्तियारले शुक्रबार मुद्दा दायर गरेको हो ।

अख्तियारले दायर गरेको आरोप पत्रमा लेखा अधिकृत झाले जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भनी सेवाग्राहीसँग ५ लाख लिएको पुष्टि हुन आएको उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस