विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्ने प्रयास, कर्मचारीसहित ५ जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्ने प्रयास, कर्मचारीसहित ५ जना पक्राउ


१६ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत फेरि सङ्गठित रूपमा सुन तस्करी हुन थालेको छ ।

सरकारले साढे ३३ किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च स्तरीय समिति बनाएर अनुसन्धान गरेयता सङ्गठित रूपमा सुन तस्करी भएको भेटिएको थिएन ।

तर हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेपछि तस्करहरूले सङ्गठित रूपमा सुन तस्करी गर्ने प्रयास गरिरहेको भेटिएको हो ।

विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालका अनुसार विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोजेको पाइएपछि तीन जना कर्मचारीसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरी छन् । तिनै जना विमान सफा गर्ने सुनगाभा कम्पनीका कर्मचारी हुन् ।

एसएसपी ढकालका अनुसार उनीहरूले हिमालय एयरलाइन्सको विमानमा शौचालयमा लुकाइएको सुन पास गराउन खोजेका थिए । तर चेकजाँचका क्रममा पक्राउ परेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस