सत्ता गठबन्धनको बैठक : बागी उम्मेदवारी तत्काल फिर्ता लिन पुनः निर्देशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सत्ता गठबन्धनको बैठक : बागी उम्मेदवारी तत्काल फिर्ता लिन पुनः निर्देशन


१६ बैशाख २०७९, शुक्रबार


काठमाडौँ। सत्ता गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदमा परेका बागी उम्मेदवारी तत्काल फिर्ता लिने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले उक्त निर्णय गरेको हो ।

केन्द्रबाट भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारी फिर्ता नलिए सम्बन्धित दलले कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ ।

साथै पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ ।

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको सहमति विपरीत काँग्रेसका जगन्नाथ पौडेलले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । यसै गरी सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबिच चुनावी तालमेल गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस