उपमेयर कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै घेराउ र प्रदर्शन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

उपमेयर कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै घेराउ र प्रदर्शन


१६ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । विराटनगर महानगरपालिकाको उपमेयरमा एमालेबाट उम्मेदवारी दिएकी शिल्पा निरला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै गठबन्धनका कार्यकर्ताले मुख्य निर्वाचन अधिकृतको कार्यालय घेराउ गरेका छन् ।

उपमेयरका विरुद्ध परेको उजुरी खारेज गर्दै बिहीबार कार्यालयले उनको उम्मेदवारी सदर गरेको थियो । सदरको विरोधमा गठबन्धनका कार्यकर्ताले प्रदर्शन गरेका हुन ।

कोसी अस्पताल विराटनगरको सञ्चालक समिति सदस्यबाट राजीनामा नगरी उम्मेदवारी दिएको भन्दै उनको उम्मेदवारी खारेजको माग राखी निवेदन परेको थियो ।

निर्वाचन अधिकृतको कार्यालयमा कार्कीले वैशाख ११ गते राजीनामा दिएको कागजात पेस गरेकी थिइन् । तर अस्पतालले उनी सञ्चालक समितिमा रहेको र राजीनामा स्वीकृत नभएको भन्दै १३ गते पत्र दिएको थियो ।

निर्वाचन आयोगले भने मनोनयन दर्ता गर्नुअघि नै राजीनामा गरेको मनोनयन जाँच गर्ने अन्तिम समय १५ गते (बिहीबार ५ बजेसम्म) राजीनामा स्वीकृत भइसकेको देखिएको भन्दै मनोनयन सदर गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस