माओवादीबाट उपमेयरमा मनोनयन दर्ता गरेकी खड्का एमाले प्रवेश « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

माओवादीबाट उपमेयरमा मनोनयन दर्ता गरेकी खड्का एमाले प्रवेश


१६ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । कैलालीको गोदावरी नगरपालिकामा (माओवादी केन्द्र) को तर्फबाट उपमेयरको उम्मेदवार बनेकी रिता खड्का नेकपा एमाले प्रवेश गरेकी छन् ।

उनलाई बिहीबार अत्तरियामा एमाले केन्द्रीय सचिव एवम् सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टीमा प्रवेश गराएका हुन् ।

खड्काले १२ गते माओवादी केन्द्रको तर्फबाट उपमेयरमा मनोनयन दर्ता गराएकी थिइन् । तीन दलीय गठबन्धनको सहमतिको अनुसार उक्त नगरपालिकाको उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको थियो । एमालेमै राजनीतिक भविष्य देखेर एमाले प्रवेश गरेको उनले बताइन ।

Tags :
प्रतिक्रिया दिनुहोस