चट्याङसहित वर्षाको सम्भावना, गर्मीको असरबाट बच्न सतर्कता अपनाउन समेत महाशाखाको अनुरोध  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चट्याङसहित वर्षाको सम्भावना, गर्मीको असरबाट बच्न सतर्कता अपनाउन समेत महाशाखाको अनुरोध 


१६ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । हाल देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। 

शुक्रबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै शनिवार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक / हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १,  मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक / हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस