पदोन्नति भएका सशस्त्रका ७२ डिएसपीलाई दर्ज्यानी चिह्न प्रदान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पदोन्नति भएका सशस्त्रका ७२ डिएसपीलाई दर्ज्यानी चिह्न प्रदान


१६ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी)मा पदोन्नति भएका ७२ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

नेपाल सरकार गृह मन्त्रालय सचिव स्तरको यही वैशाख १५ गतेको निर्णयले उनीहरू डिएसपीमा पदोन्नति भएका थिए। महानिरीक्षक केसीले पदोन्नति भएका सशस्त्र प्रहरी नायब उपरीक्षकलाई बधाई दिँदै कार्य सफलताको शुभकामना समेत दिएका छन् । उनले सङ्गठनमा रहेर उनीहरूले प्रदर्शन गरेको व्यावसायिकता र सेवा प्रवाहको मूल्याङ्कन स्वरूप पदोन्नति प्राप्त भएको बताए ।

दर्जासँगै बढेको जिम्मेवारीलाई अझ बढी क्रियाशील भई कार्य सम्पादनमा जुट्न निर्देशन दिँदै केसीले कमान्डर तहका अधिकृतहरूले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरूलाई सही मार्ग निर्देशन दिनुपर्नेमा जोड दिए ।

महानिरीक्षक केसीले पदोन्नति वृत्ति विकासको महत्त्वपूर्ण पाटोको रूपमा रहेको चर्चा गर्दै जिम्मेवारीका क्षेत्रमा परिचालन हुँदा अझै बढी अनुशासित, लगनशील र इमानदारीपूर्वक राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा कटिबद्ध हुन पनि निर्देशन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस