अदालतबाट जरिवाना ठहर भएका वली पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अदालतबाट जरिवाना ठहर भएका वली पक्राउ


१५ बैशाख २०७९, बिहिबार


पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट २३ लाख ६५ हजार ४३४ जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनको विसं २०७८ फागुन १६ र १७ गतेको फैसलाअनुसार १२ दिन कैद सजाय र बिगो बमोजिम २३ लाख ६५ हजार ४३४ जरिवाना तोकेपछि फरार रहेका बर्दिया घर भई नयाँ बानेश्वर बस्दै आएका ३४ वर्षीय दिनेशभक्त वलीलाई आज पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी बैङ्किङ कसुरजन्य अपराध गरेकाले वलीलाई आज ललितपुरको ग्वार्कोबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका वलीले आफ्नो प्रभु बैङ्क लिमिटेड कोटेश्वर शाखा र एसबिआई बैङ्क लिमिटेड नयाँ बानेश्वर शाखाको पैसा नभएको चेक दिएर बैङ्किङ कसुरजन्य अपराध गरेका थिए । उनलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालत पेस गरेको प्रवक्ता महतोले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस