बैङ्किङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बैङ्किङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ


१५ बैशाख २०७९, बिहिबार


पक्राउ

काठमाडौँ । बैङ्किङ कसुर मुद्दाका एक जना फरार अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआइबी)को टोलीले पक्राउ गरेको छ ।

बर्दियाको बार बर्दिया नगरपालिका–१ जमुनिया घर भई हाल काठमाडौँ–३१ नयाँ बानेश्वरमा बस्दै आएका ३४ वर्षीय दिनेश भक्त वलीलाई पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले २०७८ फागुन १६ र १७ गते बैङ्किङ कसूरमा दोषी ठहर गर्दै २३ दिन कैद सजाय र २३ लाख ६५ हजार ४३४ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

वलीले प्रभु बैङ्क लिमिटेड कोटेश्वर शाखा र एसबीआई बैङ्क लिमिटेड, नयाँबानेश्वर शाखामा पर्याप्त रकम नभएको जानी–जानी चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

ललितपुरको ग्वार्कोमा लुकिछिपी बसिरहेको अवस्थामा वलीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको सीआईबीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस