मन्त्री झाँक्रीको भ्रमणबारे पहिल्यै निर्णय भएकाले आचारसंहिता नलाग्ने शहरी विकासको स्पष्टीकरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्री झाँक्रीको भ्रमणबारे पहिल्यै निर्णय भएकाले आचारसंहिता नलाग्ने शहरी विकासको स्पष्टीकरण


१५ बैशाख २०७९, बिहिबार


काठमाडौँ । शहरी विकास मन्त्रालयले मन्त्री रामकुमारी झाँक्रीको विदेश भ्रमणबारे पहिल्यै निर्णय भएकाले आचारसंहिता नलाग्ने दाबी गरेको छ ।

मन्त्रीको तर्फबाट निर्वाचन आयोगलाई पत्र लेख्दै मन्त्रालयले आचार संहिता लागू गर्ने निर्णय हुनुभन्दा पहिले नै मन्त्री झाँक्रीको भ्रमण स्वीकृत भएको जनाएको हो ।

‘आचारसंहिता लागू हुनुअघि नै नेपाल सरकारको निर्णय अनुसार, मन्त्रीज्यू पूर्वनिर्धारित कार्यक्रम बमोजिम मनोनयन स्वीकृत भई उक्त कार्यक्रममा सहभागिताका लागि प्रस्थान गर्नुभएको हो’ मन्त्रालयले निर्वाचन आयोगमा पठाएको पत्रमा भनिएको छ ।

मन्त्रालयको दाबीअनुसार २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले नै मन्त्री झाँक्रीको भ्रमण अनुमोदन भएको थियो । त्यसको भोलिपल्टदेखि मात्र आचारसंहिता लागू भएको थियो भने मन्त्री न्यूयोर्कमा २८ अप्रिलमा हुने नयाँ शहरी योजना कार्यान्वयनको प्रगतिबारे उच्चस्तरीय बैठकमा ९ वैशाखमा अमेरिका गएकी थिइन् ।

निर्वाचन आयोगले भने भ्रमणमा जानुअघि मन्त्री झाँक्रीले कुनै जानकारी नगराएको र स्वीकृति पनि नलिएको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस