आर्थिक वृद्धिदर ५.८ प्रतिशत पुग्ने विभागको प्रक्षेपण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आर्थिक वृद्धिदर ५.८ प्रतिशत पुग्ने विभागको प्रक्षेपण


१५ बैशाख २०७९, बिहिबार


काठमाडौँ । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले सरकारलाई राहत मिल्ने गरी उक्त प्रक्षेपण सार्वजनिक गरेको हो ।

विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिकीकरण कार्यक्रममा आर्थिक वृद्धिदरको आङ्कलन सुनाएका थिए ।

विभागले कृषि र खानीसहित प्राथमिक क्षेत्रको वृद्धिदर २.३ प्रतिशत रहने अनुमान गरेको छ ।

यस्तै, उद्योगमा १०.३ प्रतिशत र सेवा क्षेत्रमा ५.९ प्रतिशतको वृद्धिदर हासिल हुने विभागको अनुमान छ ।

आर्थिक वर्ष सकिनुभन्दा करिब तीन महिना अगाडि विभागले आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको हो ।

अघिल्ला दुई वर्षमा कोभिडका कारण नेपालको वृद्धिदर गम्भीररुपमा प्रभावित बनेको थियो । विभागले गरेको अनुमान सही साबित भएमा अर्थतन्त्रका लागि सुखद मानिने छ ।

यति बेला कोभिडको असर नगण्य भइसकेकाले अर्थतन्त्रमा थप क्षति नपुग्ने विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस