एलन मस्कले फेरी कोकाकोलाको कम्पनी किन्ने घोषणा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एलन मस्कले फेरी कोकाकोलाको कम्पनी किन्ने घोषणा


१५ बैशाख २०७९, बिहिबार


काठमाडौँ । केही दिन अघि ४४ अर्ब डलरमा सामाजिक सञ्जाल ट्विटर खरिद गरेका विश्वका नम्बर एक धनाढ्य एलन मस्कले अब कोकाकोला कम्पनी खरिद गर्ने घोषणा गरेका छन् ।

ट्विटर खरिदको सम्झौता भएको एक साता नबित्दै मस्कले ट्विटर मार्फत नै अब आफूले कोकाकोला खरिद गर्ने र कोकिनलाई पुनः कोकमा जोड्ने बताएका हुन् ।

तर कोकाकोलाको सम्झौता के कतिमा हुँदै छ भन्ने विषयमा भने उनले केही बताएका छैनन् ।

कोका कोला कम्पनी १८८६ मे महिनामा अमेरिकाको जर्जियामा स्थापना भएको थियो ।

जोन पेम्बर्टन यसको स्थापना गरेका थिए । १८८७ मा २३०० डलरमा आसा ग्रीग्स कैंडलर ले कोका कोला कम्पनीलाई किनेका थिए ।

कोकाकोला अहिले विश्वका २ सय देशमा विस्तार भएको छ भने ९ सय वटा कारखानाबाट कोक उत्पादन हुने गरेको छ ।

कोकाकोलामा विश्वभर ७ लाखले रोजगारी पनि पाएका छन् । विश्वभरबाट कोकाकोलाको राजश्व अमेरिका पुग्ने गरेको छ । त्यसो त एलन मस्कले चेन रेस्टुराँ म्याकडोनल्ड पनि खरिद गर्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस