गभर्नर अधिकारीको मुद्दाको सुनुवाइ आज « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गभर्नर अधिकारीको मुद्दाको सुनुवाइ आज


१५ बैशाख २०७९, बिहिबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज (बिहीबार) हुँदै छ ।

गत मंगलबार सुनुवाइ नसकिएकोले ‘हेर्दाहेर्दै’मा रहेको रिट निवेदनको सुनुवाइ हुन लागेको हो ।

सम्बन्धित समाचार : गभर्नर अधिकारीको मुद्दा हेर्दाहेर्दैमा

न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समयाभावका कारण बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

गभर्नर अधिकारीले बिना कारण आफूमाथि छानबिन समिति गठन गरिएको भन्दै यही वैशाख ४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

२४ चैत २०७८ मा मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीमाथि जाँचबुझ समिति गठन गरी उनलाई निलम्बन गरेको थियो ।

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्किएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस