भरतपुर मेयरका बागी उम्मेदवार पौडेललाई फकाउन नेताहरूको दौडधुप, राज्यमन्त्री श्रेष्ठ पनि चितवनमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भरतपुर मेयरका बागी उम्मेदवार पौडेललाई फकाउन नेताहरूको दौडधुप, राज्यमन्त्री श्रेष्ठ पनि चितवनमा


१५ बैशाख २०७९, बिहिबार


काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन नेपाली काँग्रेस र माओवादी केन्द्रका नेताहरूको दौडधुप जारी छ ।

गृहमन्त्री बालकृष्ण खाँण पौडेललगायतका नेतालाई फकाउन भरतपुर रहेकै बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि आज (बिहीबार) बिहान भरतपुर पुगेका छन् ।

सम्बन्धित समाचार : बागी उम्मेदवारलाई मनाउन गृहमन्त्री भरतपुरमा

भरतपुर आए लगत्तै राज्यमन्त्री श्रेष्ठ पौडेललाई भेट्न उनको निवास पुगेका छन् ।

भरतपुर-७ कृष्णपुरस्थित पौडेल निवासमा पौडेल र श्रेष्ठबीच उम्मेदवारी फिर्ता लिनेबारेमा छलफल भएको छ ।

भेटमा पौडेलले काँग्रेस बचाउनका लागि आफ्नो उम्मेदवारी कायमै रहने जवाफ दिएको स्रोतले बतायो ।

यसअघि नेपाली काँग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनाललगायतका नेताहरूले पनि पौडेललाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । पौडेलसँग गृहमन्त्री खाँणले भने अहिलेसम्म नभेटेको स्रोतले बतायो ।

सत्ता गठबन्धनका तर्फबाट भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । तर, काँग्रेसका तर्फबाट मेयरमा स्वतन्त्र उम्मेदवारी पौडेलले दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उनको उम्मेदवारी फिर्ता गराउन सक्रिय छन् ।

सम्बन्धित समाचार : भरतपुरको मेयरमा काँग्रेस नेता जगन्नाथ पौडेलले दिए बागी उम्मेदवारी

Tags :
प्रतिक्रिया दिनुहोस