बूढानीलकण्ठमा ३०८ जनाको उम्मेदवारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बूढानीलकण्ठमा ३०८ जनाको उम्मेदवारी


१५ बैशाख २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा ३०८ जनाको उम्मेदवारी दर्ता भएको छ ।

काठमाडौँ जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बूढानीलकण्ठमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी परेको हो ।

बूढानीलकण्ठ नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार नगरप्रमुखमा १५ र उपप्रमुखमा ६ जनाको उम्मेदवारी परेको छ ।

वडाध्यक्षमा ७१, महिला वडा सदस्यमा ५४, दलित महिला सदस्यमा ४८ र खुला सदस्यमा ११४ जनाको उम्मेदवारी परेको छ ।

जम्मा १३ वडा रहेको बूढानीलकण्ठको वडा नं. १ मा १८, वडा नं. २ मा २१, वडा नं. ३ मा २५, वडा नं. ४ मा २२, वडा नं. ५ मा १८, वडा नं. ६ मा २२, वडा नं. ७ मा १६, वडा नं. ८ मा २२, वडा नं. ९ मा २४, वडा नं. १० मा २६, वडा नं. ११ मा २६, वडा नं. १२ मा २७ र वडा नं. १३ मा २० जनाको उम्मेदवारी परेको भट्टराईले बताए ।

बूढानीलकण्ठमा नेपाली काँग्रेसबाट नगरप्रमुखमा विनोद चालिसे र उपप्रमुखमा रमिला वाग्ले, नेकपा (एमाले)बाट नगरप्रमुखमा मीठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा र नेकपा (माओवादी केन्द्र)बाट नगरप्रमुखमा डम्बरप्रसाद अधिकारी र उपप्रमुखमा कमला गौतमले उम्मेदवारी दिएका छन् ।

विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकाको नगरप्रमुखमा नेकपा (एमाले) का उद्धव खरेल र उपप्रमुखमा एमालेकै रमादेवी राई विजयी भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस