मन्त्री र कर्मचारीलाई तीन महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न मुख्यमन्त्री आदित्यनाथको निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्री र कर्मचारीलाई तीन महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न मुख्यमन्त्री आदित्यनाथको निर्देशन


१४ बैशाख २०७९, बुधबार


एजेन्सी । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्ना सबै मन्त्री र सरकारी कर्मचारीलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएका छन्।

लोक भवनमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा योगी आदित्यनाथले सबै मन्त्री र सरकारी कर्मचारीलाई आफू र आफ्ना परिवारको नाममा रहेको चल अचल सम्पत्ति तीन महिना भित्र सार्वजनिक गरिसक्न निर्देशन दिएका हुन्।

समाचार एजेन्सी पीटीआईका अनुसार योगी आदित्यनाथले सरकारी काममा मन्त्री र कर्मचारीलाई परिवारका सदस्यको कुनै पनि हस्तक्षेप हुन नहुनेसमेत सचेत गराएका छन्।

स्वच्छ लोकतन्त्रका लागि जन–प्रतिनिधिको आचरण अत्यन्तै आवश्यक रहेको बताउँदै उनले यसै भावना अनुसार सबै मन्त्रीलाई शपथ लिँदै तीन महिना भित्रमा आफ्नो र परिवारका सदस्यहरूको चल अचल सम्पत्ति सार्वजनिक गर्न भनेका हुन् ।

‘स्वस्थ लोकतन्त्रका लागि जन(प्रतिनिधिको आचरण अत्यन्त जरुरी हुन्छ। यसै भावना अनुसार सबै मन्त्रीले शपथ लिन तीन महिना भित्र आफ्नो र आफ्ना परिवारका सदस्यको नाममा रहेको चल(अचल सम्पत्ति सार्वजनिक गर्नुपर्छ’, उनले भने, ‘सबै आईएएस र पीसीएस अधिकारीले पनि आफू र आफ्ना परिवारको सम्पत्ति सार्वजनिक गर्नुपर्छ। यो जानकारी आम जनताको लागि अनलाइन पोर्टलमा उपलब्ध हुनेछ।’

योगी आदित्यनाथ र उनको मन्त्रिमण्डलका सदस्यले मार्च २५ मा पद तथा गोपनीयताको शपथ लिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस