बाइस जिल्लाका लागि ३४ लाख मतपत्र पठाइयो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बाइस जिल्लाका लागि ३४ लाख मतपत्र पठाइयो


१४ बैशाख २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन-२०७९ का लागि हालसम्म छपाई भएका मतपत्र २२ जिल्लामा पठाएको छ ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट ट्रकमा लोड भई वैशाख १३ र १४ गते नौ जिल्ला गरी २२ जिल्लामा ३४ लाख प्रति मतपत्र पठाइएको छ ।

आज सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, बझाङ, कैलाली, दार्चुला र डडेलधुरा तथा प्रदेश नं १ को ताप्लेजुङ, पाँचथर र इलाममा मतपत्र पठाइएको हो । ती मतपत्र केही दिनभित्र सम्बन्धित पालिकामा पुग्नेछ ।

वैशाख १३ गते कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका ३ गरी १३ जिल्लामा मतपत्र पठाइएको थियो । आजसम्म एक करोड ८७ लाख (८८ प्रतिशत) मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ ।

निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ । आयोगले यसअघि निर्वाचन सामग्रीको ढुवानी गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस