नेप्सेमा ५ अङ्कको वृद्धि « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेप्सेमा ५ अङ्कको वृद्धि


१४ बैशाख २०७९, बुधबार


शेयर बजार

काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । बुधबार नेप्से ५.१७ अङ्कले बढेर २३७६.१७ को विन्दुमा पुगेको छ ।

२२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ८ करोड ९९ लाख ९२ हजार रुपैयाँमा कायम भयो ।

कारोबारमा आएका १३ वटा उपसमूहगत सूचकमध्ये ९ वटा समूहमा हरियाली छायो भने चार सूचक घटे । बुधबार विकास बैङ्क र होटेल सूचकमा १ प्रतिशतले हाराहारीले वृद्धि भयो ।

जाल्पा लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने नेपाल फाइनान्स र राधी विद्युत् कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले बढ्न पुग्यो ।

आज दोस्रो बजारबाट धेरै गुमाउने कम्पनीमासानिमा इक्वीटी फण्ड, सानिमा लार्ज क्याप फण्ड, माउन्टेन इनर्जी नेपाल र मुहली लघुवित्तको सेयर धनी रहे ।

उच्च कारोबारको हिसाबले अरुण भ्याली हाइड्रोपावर ५ करोड २१ लाख रुपैयाँ बराबरको १ लाख २४ हजार बढी कित्ता सेयर खरिद बिक्रीसँगै पहिलो स्थानमा रह्यो भने दोस्रो स्थानमा रहेको हिमालयन डिस्टिलरी र तेस्रोमा नेपाल फाइनान्स रह्यो ।

दुवै कम्पनीको क्रमशः ३ करोड ८० लाख र ३ करोड ३६ रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा खरिद विक्री भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस