सुनको मूल्य तोलामा ३ सय घट्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुनको मूल्य तोलामा ३ सय घट्यो


१४ बैशाख २०७९, बुधबार


सुन

काठमाडौँ । सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलामा ३ सय रुपैयाँले घटेर ९९ हजार कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। कारोबारको अघिल्लो दिन मङ्गलवार प्रतितोला ९९ हजार ३०० मा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ८०० मा किनबेच भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ।

चाँदीको मूल्य आज १ हजार ३४० कायम गरिएको महासङ्घले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस