आयोगले सल्टायो एउटै दलबाट दुई जनाको उम्मेदवारी परेका २० वटा विवाद « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आयोगले सल्टायो एउटै दलबाट दुई जनाको उम्मेदवारी परेका २० वटा विवाद


१४ बैशाख २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले एउटै दलबाट दुई जनाको मनोनयन परेका करिब २० वटा उम्मेदवारीको विवाद सल्टाएको छ ।

निर्वाचन आयोगको निर्देशनमा देशभरका निर्वाचन अधिकृतहरुले सम्बन्धित दलको आधिकारिक व्यक्तिमाथि सोधपुछ गरेर पत्रमार्फत आधिकारिक उम्मेदवार खुलाउन लगाई विवाद समाधान गरेका हुन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले तराई र कर्णाली प्रदेशमा यस्तो समस्या देखिएको र अहिले समाधान भइसकेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस