चुनावी घोषणापत्रमा एमाले अध्यक्ष ओलीले गरेको टिप्पणीविरुद्ध काँग्रेसले पत्रकार सम्मेलन गर्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चुनावी घोषणापत्रमा एमाले अध्यक्ष ओलीले गरेको टिप्पणीविरुद्ध काँग्रेसले पत्रकार सम्मेलन गर्दै


१४ बैशाख २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्रमाथि गरेको टिप्पणीबारे नेपाली काँग्रेसले आज पत्रकार सम्मेलन गर्दै छ ।

नेपाली काँग्रेसका महामन्त्री एवम् निर्वाचन घोषणापत्रका संयोजक गगनकुमार थापाले (आज) बुधबार पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

महामन्त्री थापाले ओलीको अभिव्यक्तिबारे जवाफ दिने उनको सचिवालयले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा काँग्रेसको चुनावी घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भनेर आलोचना गरेका थिए ।

सम्बन्धित समाचार : काँग्रेसको घोषणापत्रबारे अध्यक्ष ओलीको टिप्पणी: गालीगलौजको पुलिन्दा, पागलहरूको प्रलाप

Tags :
प्रतिक्रिया दिनुहोस