ऊर्जा सङ्कट हटाउन मौद्रिक नीति कडा बनाउन श्रीलङ्कालाई आईएमएफको आग्रह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ऊर्जा सङ्कट हटाउन मौद्रिक नीति कडा बनाउन श्रीलङ्कालाई आईएमएफको आग्रह


१४ बैशाख २०७९, बुधबार


कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मङ्गलबार श्रीलङ्कालाई आफ्नो मौद्रिक नीति कडा बनाउन, कर बढाउन र ऋण सङ्कट हटाउन लचिलो विनिमय दर अपनाउन आग्रह गरेको छ ।

आईएमएफको एसिया र प्रशान्त विभागका कार्यकारी निर्देशक एन्ना–म्यारी गल्ड–वुल्फले एउटा भिडियो सम्मेलनमा भने, ‘हामीले गत हप्ताको अन्त्यमा अधिकारीहरूसँग वार्ताको लागि तयारी हुँदै गर्दा धेरै राम्रो, फलदायी, प्राविधिक छलफल गरेका छौँ ।’

श्रीलङ्काका वित्तमन्त्री अली सबारी र केन्द्रीय बैङ्कका गभर्नर नन्दलाल विरासिङेले हालै देशका लागि वित्त सहायताबारे छलफल गर्न आईएमएफका अधिकारीसँग भेटवार्ता गरेको थियो ।

यसअघि श्रीलङ्काले बाह्य ऋण भुक्तानी निलम्बन गरेको थियो । उनले भने, ‘कर्जाको स्थायित्वका लागि आवश्यक कोष लिने विषयमा प्रगति हुनेछ । मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न मौद्रिक नीतिलाई कडाइ गर्नुपर्छ । हामीले लचिलो विनिमय दरको आवश्यकता देखिएको छ ।’

उनले कुनै पनि आईएमएफ प्याकेजको महत्त्व र श्रीलङ्कासँग सम्झौता गर्न आवश्यक अनुमानित समयबारे भने कुनै प्रतिक्रिया जनाएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस