सिंहदरवारमा सवारी दुर्घटना, योजना आयोगका सदस्य चढेको गाडी ठोक्कियो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सिंहदरवारमा सवारी दुर्घटना, योजना आयोगका सदस्य चढेको गाडी ठोक्कियो


१३ बैशाख २०७९, मंगलबार


काठमाडौँ । सिंहदरवारस्थित चौबाटोमा मंगलवार साँझ सवारी दुर्घटना भएको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडीको चौबाटोमा राष्ट्रिय योजना आयोगका सदस्य दिल बहादुर गुरुङले चढ्ने बा १ झ ७७०५ नम्बरको सरकारी गाडी र बिमल महर्जन सवार बा १७ प ७२५० नम्बरको निजी गाडी एक आपसमा ठोक्किएका हुन् ।

प्रधानमन्त्री कार्यालयतर्फबाट आउँदै गरेको निजी सवारी र गृह मन्त्रालयतर्फबाट आउँदै गरेको सरकारी सवारी ठोक्किँदा दुबै गाडीको अगाडीको भागमा क्षति पुगेको छ भने मानवीय क्षति भने भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस