एमालेसँग तालमेल गर्ने कार्यकर्तालाई माओवादीले गर्‍यो कारबाही « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमालेसँग तालमेल गर्ने कार्यकर्तालाई माओवादीले गर्‍यो कारबाही


१३ बैशाख २०७९, मंगलबार


भोजपुर । भोजपुरमा स्थानीय तहको चुनावमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने कार्यकर्तालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ ।

एमालेसँग तालमेल नगर्ने केन्द्रीय नीति विपरीत जिल्लाको दुई नगरपालिकाको वडामा तालमेल गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको नेकपा माओवादी केन्द्रको भोजपुरका संयोजक नगेन्द्र भुजेलले बताएका छन् ।

कारवाहीमा पर्नेहरूमा भोजपुर नगरपालिका नगरपालिका ११ का आम्तेक मोहन सेन राई, षडानन्द नगरपालिकाको वडा नम्बर ९ का शेखर तामाङ र वडा नम्बर १३ का ओमकुमार श्रेष्ठ रहेका भुजेलले विज्ञप्तिमार्फत जनाएका छन् ।

हेर्नुहोस् विज्ञप्ति

Tags :
प्रतिक्रिया दिनुहोस