नेप्सेमा १५ अङ्ककाे गिरावट « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेप्सेमा १५ अङ्ककाे गिरावट


१३ बैशाख २०७९, मंगलबार


काठमाडौँ । शेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन घटेको छ । मङ्गलवार १५.०२ अङ्कले घटेको बजार २३७०.९९ विन्दुमा झरेर बन्द भएको छ ।

मङ्गलवार कुल २२८ कम्पनीको २५ हजार ७ सय ६६ वटा कारोबारबाट ३४ लाख १९ हजार २२८ कित्ता शेयर किनबेच भएको छ । मङ्गलवार कारोबार रकम भने झरेको छ ।

मङ्गलवार मात्र १ अर्ब ४ करोड ६० लाख १४ हजार ४१७ रुपैयाँको मात्र कारोबार भएको छ । मङ्गलवार उत्पादन तथा प्रशोधन र म्यूचअल फण्ड उपसमूहको मात्र मूल्य बढेको छ । अरू उपसमूह भने राताम्य रहे ।

मङ्गलवार जाल्पा साुमदायिक लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ९४४.४० रुपैयाँ पुगेको छ । एनआइबीएल समृद्धि फण्डको ५.०६, किरण लघुवित्त वित्तीय संस्थाको ४.०२ प्रतिशतले शेयर मूल्य बढ्यो ।

मङ्गलवार हिमालयन पावर पार्टनरको शेयर मूल्य सबैभन्दा धेरै ५.४१ प्रतिशतले घटेर ४२० रुपैयाँमा झरेको छ । मल्टिप्रपोज फाइनान्स कम्पनी, यूनाइटेड आईडीआई मार्दी, माहुलि लघुवित्त वित्तीय संस्थासहितका कम्पनीको मूल्य भने बढी घटेको छ ।

यो दिन सिद्धार्थ बैङ्कको सबैभन्दा धेरै ४ करोड २१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस