पूर्व सचिव केदार न्यौपाने राप्रपामा प्रवेश « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पूर्व सचिव केदार न्यौपाने राप्रपामा प्रवेश


१३ बैशाख २०७९, मंगलबार


काठमाडौँ । नेपाल सरकारका पूर्व सचिव केदार न्यौपाने राप्रपा प्रवेश गरेका छन् ।

निजामती सेवामा लामो समय बिताएका न्यौपाने भूमि सुधार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव रही हालै सेवा निवृत्त भएका थिए ।

उनलाई मङ्गलवार (आज) राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सदस्यता प्रदान गरी राप्रपामा प्रवेश गराएका हुन् ।

न्यौपानेले गृह, स्थानीय विकास जस्ता मन्त्रालयको समेत अनुभव सँगालेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस