आफूखुसी दिएको उम्मेदवारी फिर्ता गराउँछौँ : गुरुङ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आफूखुसी दिएको उम्मेदवारी फिर्ता गराउँछौँ : गुरुङ


१३ बैशाख २०७९, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले सत्तारुढ दलहरूले स्थानीय तह निर्वाचनमा आफूखुसी दिएको उम्मेदवारी फिर्ता गराउन पहल भइरहेको बताएका छन् ।

सत्तारुढ दलहरूबिचको सहमति विपरीत स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको भन्दै उनले यस्ता उम्मेदवारी फिर्ता लिन सक्दो पहल र प्रयास भइरहेको बताएका छन् ।

उनले भने, ‘कतिपय पालिका र वडा स्तरमा दलहरूले आ–आफ्नो दलको नोमिनेसन गराएका छन् । तर, संवाद चलाउँदै लगेर नाम फिर्ता लिने बेलासम्म सबै ठाउँमा सहमति जुटाउन प्रयास र पहल भइराखेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस