जुम्लाका आठ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जुम्लाका आठ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता


१३ बैशाख २०७९, मंगलबार


खलङ्गा । एक नगरपालिकासहित सात गाउँपालिका रहेको जुम्लामा सबै स्थानीय तहमा यहाँका क्रियाशील पार्टीहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) जुम्लाले केही पालिकामा आइतबार उम्मेदवारी दर्ता गराए पनि अधिकांश दलहरूले सोमबार उम्मेदवारी दर्ता गराएका हुन् ।

कार्यकर्ता र बाजागाजासहित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई दलहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली काँग्रेसका तर्फबाट चन्दननाथ नगरपालिकाको प्रमुखमा अधिवक्ता पदम शाही र उपप्रमुखमा रामदेवी खड्काले उम्मेदवारी दर्ता गराक्एा छन् । त्यस्तै, नेकपा एमालेबाट प्रमुखमा धर्मेन्द्र रोकाया र उपप्रमुखमा मेनका रेग्मी, नेकपा (माओवादी केन्द्र) बाट प्रमुखमा जीवन बुढा थापा र उपप्रमुखमा पूर्णिमा विक (रचना)ले मनोनयन दर्ता गराक्एा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रमुखमा पूर्णसिं कठायत र उपप्रमुखमा गीता शाही, नेकपा (एकीकृत समाजवादी)बाट प्रमुखमा जयलक्ष्मी चौलागाईं र उपप्रमुखमा भीमबहादुर थापा तथा नेमकिपाबाट प्रमुखमा जयकृष्ण धराला र उपप्रमुखमा हस्तना न्यौपानेले उम्मेदवारी दर्ता गराए ।

तिला गाउँपालिका जुम्लाको अध्यक्षमा नेकपा एमालेबाट रेशमबहादुर शाही, उपाध्यक्षमा जुनमाया बोहरा, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा मोतिलाल रोकाया, उपाध्यक्षमा कल्पना बुढा, नेपाली काङ्ग्रेसबाट अध्यक्षमा एकराज चौलागाईँ र उपाध्यक्षमा सुस्मा श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।

तातोपानी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट अध्यक्ष पदमा सुरतबहादुर शाही र उपाध्यक्षमा ज्वाला चौलागाइं, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा पार्टी अध्यक्ष वीरबहादुर कुँवर र उपाध्यक्षमा रेउती रावल (सीमा)ले मनोनयन दर्ता गराएका छन् ।

तातोपानीमा काँग्रेसबाट अध्यक्षमा नन्दप्रसाद चौलागाईँ र उपाध्यक्षमा विन्दु अधिकारी, नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा हिमालय खत्री र उपाध्यक्षमा नारायणी चौलागाईंले मनोनयन दर्ता गराएका छन् ।

पातारासी गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट अध्यक्ष पदमा सुकराम रावत र उपाध्यक्षमा खम्मेनी महतारा, नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा हरिबहादुर बुढा (सुशील) र उपाध्यक्षमा जुनमाया रोकायाले मनोनयन दर्ता गराएका छन् ।

गुठीचौरमा नेकपा एमालेबाट अध्यक्षमा झुनमाया जैसी र उपाध्यक्षमा प्रेम बुढा, नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा हरिबहादुर भण्डारी र उपाध्यक्षमा राजकन्या बुढाले मनोनयन दर्ता गराएका छन् ।

त्यसै गुठीचौरमै नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा दानबहादुर बुढा र उपाध्यक्षमा सुमन बुढा (बस्नेत), नेपाल मजदुर किसान पार्टीबाट अध्यक्षमा राजबहादुर अधिकारी र उपाध्यक्षमा धनकन्या उपाध्याय तथा नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा जनक थकाली र उपाध्यक्षमा शान्ति कुमारी मल्ल (भण्डारीले) मनोनयन दर्ता गराए ।

हिमा गाउँपालिका अध्यक्ष पदमा एमालेका जयबहादुर खत्री र उपाध्यक्षमा भागिरती शाही, नेपाली काँग्रेसबाट अध्यक्षमा लक्ष्मण शाही र उपाध्यक्षमा सम्पूर्ण शाही तथा नेकपा (एकीकृत समाजवादी)बाट अध्यक्षमा भैबहादुर रोकाया र उपाध्यक्षमा देवु शाहीले मनोनयन दर्ता गराए । त्यस्तै माओवादी केन्द्रबाट अम्मराज शाही र उपाध्यक्षमा कल्पना परियारको उम्मेदवारी परेको मुख्य निर्वाचन कार्यालय हिमाले जनाएको छ ।

सिञ्जा गाउँपालिकामा एमालेबाट अध्यक्षमा सुमन आचार्य र उपाध्यक्षमा कल्पना बुढा, माओवादी केन्द्रबाट अध्यक्षमा पूर्णप्रसाद धिताल र उपाध्यक्षमा शितली रोकाया तथा नेपाली काँग्रेसबाट अध्यक्षमा नन्दराम बुढा र उपाध्यक्षमा रजनकला शाही उम्मेदवार बनेका छन् । सिञ्जामा नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा कमल खत्री र उपाध्यक्षमा हिमाली भण्डारी (नेपाल)तथा नेमकिपाबाट अध्यक्षमा कन्नी रावत र उपाध्यक्षमा रणबहादुर रोकायाले मनोनयन दर्ता गराएका छन् ।

कनकासुन्दरी गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का मानबहादुर रोकाया र उपाध्यक्षमा देवीसीता बुढा (रावत), नेपाली काँग्रेसबाट अध्यक्षमा दमोदर आचार्य र उपाध्यक्षमा प्रेमकली बुढा, माओवादी केन्द्रबाट अध्यक्षमा धनबहादुर बुढा र उपाध्यक्षमा रीता खत्री तथा नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा रणबहादुर रोकाया र उपाध्यक्षमा धनरुपा बुढाले मनोनयन दर्ता गराए । त्यस्तै नेमकिपाका माधव काफ्लेले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस