पत्रकार न्यौपानेलाई एक लाख सहयोग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पत्रकार न्यौपानेलाई एक लाख सहयोग


१३ बैशाख २०७९, मंगलबार


काठमाडौँ । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था (इन्जा) ले त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोराशिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायण न्यौपानेलाई एक लाख सहयोग गरेको छ ।

इन्जा एसियाका उपाध्यक्षसमेत रहेका पत्रकार न्यौपानेलाई उक्त रकम इन्जा ग्लोबलका सचिव दीपक रिजालले आज हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि गत बुधबार भर्ना भएका पत्रकार न्यौपानेको मुटुको शल्यक्रिया गरिएको थियो । इन्जाले विपद्मा परेका पत्रकारहरूलाई निरन्तर सहयोग गर्दै आएको इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइँटेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस