नेपालको १६२ देशसँग वैदेशिक व्यापार: १३० सँग घाटा, ३२ देशसँग मात्र नाफा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपालको १६२ देशसँग वैदेशिक व्यापार: १३० सँग घाटा, ३२ देशसँग मात्र नाफा


१३ बैशाख २०७९, मंगलबार


काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार १३० देशसँग रहेको छ ।

वैदेशिक व्यापार रहेकामध्ये १३० देशसँग नेपालको व्यापार घाटामा रहेको छ भने मात्र ३२ देशसँग व्यापार नाफामा रहेको छ ।

भन्सार विभागका अनुसार पछिल्लो नौ महिनामा किर्गिस्तान, सेन्ट हेलेना, घाना, सेनेगल, आइसल्यान्ड, बर्मुडा, कङ्गो, मौरीटनिया, माइक्रोनेसिया, सियरा लियोन, जमैका, फिजी, अजरवैजान, मौरिसस्, क्रोएसिया र मालदिभ्ससँग नेपालको व्यापार नाफामा रहेको छ ।

यस्तै जर्जिया, ट्रिनिडाड एन्ड टोबागो, माल्टा, जाम्बीया, अर्मेनिया, यमन, सेन्ट्रल अफ्रिकन रिपब्लिक, अफगानिस्तान, न्यु क्यालेडोनिया, गुयना, नाइजर, अल्जेरिया, डेनमार्क र कम्बोडियासँग पनि नेपालका वैदेशिक व्यापार नाफा रहेको विभागले जनाएको छ ।

नेपालको वैदेशिक व्यापार घाटा रहेका देशमा भारत, चीन, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स, अर्जेन्टिना, अमेरिका, युक्रेन, अस्ट्रेलिया, मलेसिया, ब्राजिल, बङ्गलादेश, थाइल्यान्ड, क्यानडा, दक्षिण कोरिया, भियतनाम, स्वीट्जरल्याण्ड, टर्की, साउदी अरेबिया, पराग्वे, सिंगापुर, रुस र दक्षिण अफ्रिका रहेका छन् ।

जापान, नेदरल्याण्ड्स, फ्रान्स, ताइवान, इजिप्ट, हङकङ, कतार, म्यानमार, जर्मनी, बेलायत, मोजाम्बीक, बेल्जियम, इटाली, पोल्यान्ड, इजरायल, न्युजिल्यान्ड, चेक रिपब्लिक, बहराइन, भुटान, फिलिपिन्स, स्पेन, लिथुवानिया, आयरल्यान्ड, पाकिस्तान, श्रीलङ्का, मेक्सिकोसँग पनि नेपालको व्यापार घाटामा रहेको छ ।

यस्तै, कुवेत, अस्ट्रिया, स्लोभाकिया, तान्जानिया, ग्वाटेमाला, माल्डोभा, भेनेजुयला, ओमान, स्विडेन, नर्वे, हंगेरी, फिनल्यान्ड, मलावी, चिली, नाइजेरिया, गाबोन, सुडान, युगान्डा, केन्या, बुल्गेरिया, सर्विया, पोर्चुगल, लेबनान, रोमानिया, ग्रिस, मङ्गोलिया, लाइबेरिया, कजाकास्तान, कोस्टारिका, जोर्डन, स्लोभेनिया, स्वाजील्याण्ड, नामिबिया, लाटभिया, पेरु लगायतका देशसँग नेपालको वैदेशिक व्यापार घाटामा रहेको छ ।

पछिल्लो नौ महिनामा नेपालको कूल वैदेशिक व्यापार १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख ११ हजार रुपैयाँको रहेको छ । सो अवधिमा नेपालको व्यापार घाटा १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख १ हजार रुपैयाँको वस्तु आयात गरेको छ । सोही अवधिमा नेपालले मात्र १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख १० हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस